बाल विवाह उन्मूलन अन्तर्राष्ट्रिय दिवस २०२६ को शुभकामना !!

राष्ट्रिय बाल दिवस २०८३ को बालापनको रक्षा: भविष्यको सुरक्षा भन्ने नारालार्इ सार्थक बनाउन राज्य, नागरिक समाज र निजीक्षेत्रले बालबालिकाको संरक्षणलार्इ प्राथमिकतामा राख्नु पर्छ भन्ने विशेष सन्देश दिएकोछ र सरकार बालबालिकाको संरक्षण तथा सुरक्षाका लागि प्रतिबद्ध रहेकोछ। संयुक्त राष्ट्र संघीय महासभाले सन् २०२६ को सेप्टेम्बर ४ का दिन Resolution A/RES/80/309 लार्इ अनुमोदन गरी प्रत्येक वर्षको नोभेम्बर २७ लार्इ बाल विवाह उन्मूलन अन्तर्राष्ट्रिय दिवस (International Day for Elimination of Child, Early and Forced Marriage) मनाउने घोषणा गरेकोछ  र यो पहिलो दिवस "Keep the Promise: Accelerating Action to End Child Marriage by 2030" (प्रतिज्ञा पूरा गरौं: सन् २०३० सम्म बाल विवाह अन्त्य गर्न कार्यलाई तीव्रता दिऔं) नाराका साथ मनाइदैछ । नेपाल बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९ को पक्षधर राष्ट्र हो।  बाल विवाह गर्न नहुने भनी नेपालको संविधानले बालबालिकाको मौलिक हकको व्यवस्था गरेकोछ। बालबालिका समब्न्धी ऐन, २०७५ ले दफा ६६ उपदफा (२) को खण्ड (ण) मा बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउने कार्यालार्इ बालबालिका विरुद्धको हिंसा तथा बालबालिका विरुद्धको कसूर मानी यस्तो कार्य गर्नेलार्इ ७५ हजार रुपैयाँसम्म जरिबाना र ३ वर्षसम्म कैद हुने व्यवस्था गरेकोछ। मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ मा २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउनु हुँदैन भन्ने व्यवस्था रहेकोछ।

सन् २०३० सम्म बाल विवाहमुक्त नेपाल बनाउन नेपाल सरकारले पछिल्लो पटक बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ लागू गरेकोछ। यस रणनीति र कार्ययोजनालार्इ तीनै तहका सरकारका सम्बन्धित सरकारी निकाय, विकास साझेदार, नागरिक समाज तथा यसक्षेत्रमा कार्यरत सामिजक संघ संस्था र निजीक्षेत्रले बाल विवाह अन्त्य गर्ने कार्यमा जुटन यस दिवसले थप प्रेरणा र बल पुर्‌याएकोछ।बाबुआमा, घर परिवारका सदस्य, संरक्षक तथा अभिभावकले आफ्ना बालबालिकाको विवाह हुन नदिर्इ बाल अधिकारको संरक्षण तथा सम्मान गर्न, स्वयम् बालबालिकाले बाल विवाहका कारण हुने शारीरिक, मानसिक, शैक्षिक हानी तथा आर्थिक र सामाजिक बोझले जीवन अप्ठ्यारोमा पर्ने कुरामा विश्वास गर्न र कानूनको दृष्टीमा बाल विवाह गर्नु अपराध हुने भएकोले बाल विवाह तथा कम उमेरमा विवाह नगर्न, नगराउन सम्बन्धित सबैमा परिषद् हार्दिक अपील गर्दछ।

अब उप्रान्त कुनै पनि बालबालिकाको बाल विवाहनहोस् भनी बाल विवाह उन्मूलन अन्तर्राष्ट्रिय दिवसको सम्पूर्ण बालबालिकामा परिषद् हार्दिक शुभकामना व्यक्त गर्दछ !!

११ मंसिर २०८३ (२७ नोभेम्बर २०२६)                             रामबहादुर चन्द

 नेपाल सम्वत् ११४७                                             सूचना अधिकारी