विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना (Long Term Care Plan) मा समावेश हुन आवेदन दिने सम्बन्धी सूचना !!
प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०७/२७
रसुवा-भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, परिवारमा आधारित हेरचाह, शैक्षिक निरन्तरता, स्वास्थ्य
तथा पोषण, मनोसामाजिक सहयोग एवम् दीर्घकालीन संरक्षण तथा पुनःएकीकरणमा सहयोग पुर्याउने उद्देश्यले “विपद्
प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३” कार्यान्वयनमा आएको हुँदा विपद्
संकटग्रस्त क्षेत्र घोषणा गरिएका तथा देहाय बमोजिमका मापदण्ड पूरा गर्ने नेपाल राज्यभरी उक्त बाढीबाट प्रभावित
बालबालिका वा बालबालिकाको परिवारको सदस्य, अभिभावक तथा संरक्षकले प्रभावित भएको पूर्ण विवरण, कागजात
तथा अभिलेखका साथ यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित स्थानीय तहको वडा कार्यालयमार्फत
स्थानीय बाल अधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको सिफारिसका साथ राष्ट्रिय बाल अधिकार परिषद्मा
निवेदन पेश गर्नु हुन अनुरोध छ।
१. लक्षित बालबालिका
भोटेकोशी-रसुवा बाढीबाट प्रभावित देहायका अवस्थामध्ये एक वा एकभन्दा बढी प्रभावित अवस्था भएका १८
वर्षमुनिका बालबालिका यस योजनाका लागि लक्षित हुनेछन्:
(1) विपद्का कारण दुवै आमाबुवा वा दुर्इमध्ये एक गुमाएका वा सम्पर्कविहीन भएका
बालबालिका,
(2) विपद्का कारण अभिभावक बेपत्ता भएका वा परिवारबाट छुट्टिएका बालबालिका,
(3) विपद्का कारण अपाङ्गता भएका तथा थप संरक्षण र सहयोग आवश्यक पर्ने बालबालिका,
(4) विपद्का कारण बालबालिका स्वयम् वा संरक्षक घाईते भएका कारण उचित संरक्षण हुन
नसकेका बालबालिका,
(5) बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम विशेष संरक्षणको आवश्यकता भएका अन्य
बालबालिका।
दुबै बाबुआमा वा अभिभावक वा संरक्षक गुमाएका/सम्पर्कविहीन तथा दुर्इममध्य एक गुमाएका/सम्पर्कविहीन
भएर उच्च जोखिममा रहेका बालबालिका र परिवारलाई छनोटमा प्राथमिकता दिइनेछ।
२. उमेर तथा अन्य आधार
(क) बालबालिका १८ वर्षमुनिका हुनुपर्नेछ।
(ख) गर्भवती महिलाको हकमा मिति २०८३ भदौ १० गतेभन्दा अगाडि कम्तीमा २ पटक प्रसूती पूर्वको
स्वास्थ्य जाँच गरेको वा गर्भ रहेको ६ महिना भनी प्रमाणित भएका नवजात शिशुहरू (यो अवस्थामा
गर्भवती महिला सुत्केरी भएको ३ महिनाभित्र निवेदन पेश गर्न सकिनेछ)।
(ग) प्रभावित क्षेत्रमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने तथा बाढीजन्य विपद्सँग प्रत्यक्ष सम्बन्धित
परिवार/बालबालिकालाई प्राथमिकताका आधारमा समावेश गरिनेछ।
३. प्रमाणीकरण तथा छनोट
बालबालिकाको छनोट प्रचलित कानून, सरकारी अभिलेख, स्थानीय तह, स्थानीय बाल अधिकार समिति, बाल
कल्याण अधिकारी वा सम्बन्धित निकायबाट सिफारिस भएका आधारमा गरिनेछ। अन्तिम प्रमाणीकरण तथा
प्रभावित बालबालिकाको पहिचान राष्ट्रिय बाल अधिकार परिषद्को संयोजनमा स्थानीय तहको सहजीकरणमा
गरिनेछ।
४. उपलब्ध हुने सहयोग
स्वीकृत व्यक्तिगत बाल संरक्षण तथा स्याहार योजनाका आधारमा आवश्यकता अनुसार देहायका क्षेत्रमा सहयोग
उपलब्ध गराउन सकिनेछ:
परिवारमा आधारित हेरचाह तथा पारिवारिक सवलीकरण,
सुरक्षित आवास तथा दैनिक जीवनयापनका आवश्यक सामग्री,
खाद्य तथा पोषण सहयोग,
विद्यालय भर्ना तथा शैक्षिक निरन्तरताका लागि आवश्यक सहयोग,
पाठ्यपुस्तक, शैक्षिक सामग्री, पोशाक, जुत्ता, झोला आदि,
आवश्यकताअनुसार यातायात सुविधा/खर्च,
स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक स्वास्थ्य सेवा,
स्वास्थ्य तथा दूर्घटना बीमा,
मनोसामाजिक सहयोग तथा परामर्श,
बाल संरक्षण तथा अन्य प्रमाणित आवश्यकतामा आधारित सहयोग।
५. सहयोगको आर्थिक सीमा
स्वीकृत व्यक्तिगत दीर्घकालीन स्याहार योजना (Individual long term care plan)का आधारमा प्रति
बालबालिका प्रति महिना निश्चित रकम आर्थिक सहयोग उपलब्ध गराउन सकिनेछ।
६. दोहोरो सहयोग नहुने
नेपाल सरकार, सम्बन्धित प्रदेश सरकार वा स्थानीय तह, विद्यालय वा अन्य सरकारी/गैरसरकारी निकायबाट
प्राप्त छात्रवृत्ति वा अन्य सहयोगलाई समेत ध्यानमा राखी यस योजनाबाट पूरक तथा दोहोरोपनरहित सहयोग
उपलब्ध गराइनेछ।
७. बालबालिकाको परिवारले पालना गर्नुपर्ने मुख्य शर्तहरू
सहयोग प्राप्त गर्ने परिवार/संरक्षकले:
बालबालिकालाई परिवार वा नातेदारभित्रै सुरक्षित हेरचाहको व्यवस्था गर्नुपर्ने,
बाल विवाह हुन नदिने,
बालबालिकालाई जोखिमपूर्ण वा अनुचित बालश्रममा नलगाउने,
बालबालिका विरुद्धको हिंसा र बाल यौन दुर्व्यवहार गर्न नहुने,
बालबालिकाको विद्यालय शिक्षा तथा शैक्षिक निरन्तरता सुनिश्चित गर्ने,
बालबालिका तथा परिवारसम्बन्धी व्यक्तिगत विवरणको गोपनीयता कायम गर्ने,
बालबालिकालाई विभेदरहित, सम्मानजनक र सुरक्षित वातावरण उपलब्ध गराउने।
शर्तहरूको उल्लङ्घन भएमा सहयोगको पुनरावलोकन वा रोक्का गर्न सकिनेछ।
८. आवेदन/सिफारिसका लागि आवश्यक कागजात
सम्भव भएसम्म देहायका कागजातहरू पेश गर्नुपर्नेछ:-
१. बालबालिकाको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
२. बालबालिका तथा अभिभावक/संरक्षकको परिचय खुल्ने कागजात,
३. सम्बन्धित स्थानीय तहको स्थानीय बाल अधिकार समितिको निर्णय र बाल कल्याण अधिकारीको
सिफारिस,
४. बाढीजन्य विपद्बाट प्रभावित भएको प्रमाण/प्रमाणित विवरण,
५. अभिभावक वा संरक्षक गुमाएको/बेपत्ता भएको भए सोसम्बन्धी प्रमाण,
६. अपाङ्गता वा अन्य विशेष संरक्षणको आवश्यकता भए सम्बन्धित प्रमाण,
७. शैक्षिक अवस्था खुल्ने कागजात,
८. परिवारको आर्थिक तथा सामाजिक अवस्थासम्बन्धी विवरण (सामाजिक अध्ययन प्रतिवेदन),
९. अन्य निकायबाट प्राप्त छात्रवृत्ति वा सहयोग सम्बन्धी विवरण,
१०. माथिका सबै कागजातहरू तत्काल उपलब्ध हुन सम्भव नभएमा निवेदकको स्वघोषणा पत्र।
9. थप जानकारीका लागि
राष्ट्रिय बाल अधिकार परिषद्, श्रीमहल पुल्चोक, ललितपुर
सम्पर्क व्यक्ति: समन्वय अधिकृत, श्री डम्बर बहादुर रोकाया (मोबाइल नं. ९८५८०५०१४४)
सम्पर्क फोन: ०१-५४५०१२१
इमेल: contact@ncrc.gov.np