राष्ट्रिय बाल अधिकार परिषद्‌को भोटेकोशी बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजनामा सहकार्य तथा योगदान गर्न इच्छुक सेवा प्रदायक निकाय तथा संघ संस्था सूचीकृत हुने सम्बन्धी सूचना !! (

प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२८

रसुवा-भोटेकोशी (लेन्दी खोला) बाढीबाट प्रभावित तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको हेरचाह, संरक्षण, शिक्षा, स्वास्थ्य तथा पोषण, मनोसामाजिक सहयोग, पारिवारिक सबलीकरण तथा दीर्घकालीन सहयोग प्रायोजन तथा पारिवार सहयोग गरी परिवारमा नै बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार सुसार लगायतका सेवा तथा सहयोग उपलब्ध गराउने उद्देश्यले "बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३ कार्यान्वयनमा आएको छ भने बालबालिकाको लेखाजोखा गर्नका लागि ललितपुर जिल्लाको गोदावरी न.पा. वडा नं.-१२ ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा रहेको छ। उक्त योजना अन्तर्गत आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउन परिषद्‌सँग सहकार्य, साझेदारी तथा योगदान गर्न इच्छुक सेवा प्रदायक निकाय तथा संघ संस्थालाई देहाय बमोजिमका आवश्यक कागजातसहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनको कार्यालय समयभित्र राष्ट्रिय बाल अधिकार परिषद् कार्यालयमा आवेदन पेश गरी सूचीकृत हुन आह्वान गरिन्छ । १. सहकार्य तथा योगदान गर्न सकिने प्रमुख क्षेत्र देहायका क्षेत्रमा बाल संरक्षण सेवा, आर्थिक वा वस्तुगत सहयोग, सहयोग प्रायोजन वा परिवार सहयोग तथा अन्य आवश्यक योगदान गर्न इच्छुक निकाय तथा संस्थाहरूले सूचीकृत हुन सक्नेछन्ः- (क) परिवारमा नै बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार एवम् पारिवारिक सवलीकरणका लागि सहयोग प्रायोजन वा परिवार सहयोग, (ख) दैनिक जीवनयापनका आवश्यक सामग्री,(ग) खाद्य तथा पोषण सहयोग,(घ) विद्यालय भर्ना, शैक्षिक निरन्तरता तथा शैक्षिक सामग्री सहयोग, (ङ) स्वास्थ्य परीक्षण, उपचार तथा औषधि लगायतका स्वास्थ्य सेवा, (च) स्वास्थ्य बीमा तथा दुर्घटना/जीवन बीमा, (छ) मनोसामाजिक सहयोग, परामर्श तथा मानसिक स्वास्थ्य सम्बन्धी सेवा, (ज) बाल संरक्षण, सामाजिक कार्य तथा घटना व्यवस्थापन सम्बन्धी सेवा, (झ) बालबालिकाको परिवार खोज तथा पारिवारिक पुनःएकीकरणमा सहयोग, (ञ) यातायात तथा अन्य आवश्यक सहजीकरण, (ट) सीप विकास, जीविकोपार्जन तथा परिवारको आर्थिक सबलीकरण, (ठ) आवश्यकतामा आधारित अन्य बाल संरक्षण, दीर्घकालीन हेरचाह तथा स्याहार सम्बन्धी सेवा। २. सूचीकृत हुन सक्ने निकाय तथा संस्था प्रचलित कानून बमोजिम दर्ता तथा सञ्चालनमा रहेका र बालबालिका संरक्षण, शिक्षा, स्वास्थ्य, पोषण, मनोसामाजिक सेवा, सामाजिक कार्य, पारिवारिक सवलीकरण वा अन्य सम्बन्धित क्षेत्रमा सेवा तथा सहयोग उपलब्ध गराउँदै आएका निकाय तथा सेवा प्रदायक संघ संस्था सूचीकृत हुन सक्नेछन् । ३. सूचीकृत हुन पेश गर्नु पर्ने कागजात इच्छुक निकाय तथा सेवा प्रदायक संघ संस्थाले देहायका कागजात पेश गर्नुपर्नेछः- १. निकाय/संस्था स्थापना/दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, २. निकाय/संस्थाको कानून, विधान वा संस्थागत विवरण, ३. संस्थाको हकमा एक आर्थिक वर्षको नवीकरण भएको प्रमाण खुल्ने कागजात, ४. स्थायी लेखा नम्बर (PAN) तथा कर चुक्ता प्रमाणपत्र, ५. निकाय/संस्थाको पछिल्लो लेखापरीक्षण प्रतिवेदन, ६. बालबालिका तथा सम्बन्धित क्षेत्रमा गरेको कार्य अनुभव तथा प्रमुख कार्यक्रमको विवरण वा कानूनले तोकेको जिम्मेवारी, ७. उपलब्ध गराउन सक्ने सेवा, सहयोग वा योगदानको स्पष्ट विवरण, ८. सेवा उपलब्ध गराउने प्रस्तावित क्षेत्र अवधि तथा लक्षित बालबालिकाको विवरण,