बाढी प्रभावित बालबालिकाको प्रारम्भिक प्रतिवेदन, २०८३
Powered by
riri one
पृष्ठभूमि
वि.सं. २०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोट र रसुवा जिल्लाका होल्डिङ सेन्टर तथा घरमा रहेका, नुवाकोट र रसुवाबाट विस्थापित भर्इ काठमाडौंका विभिन्न गुम्बामा आश्रित बालबालिकाको तथ्याङ्क विवरणको लेखाजोखा गरी यो प्रारम्भिक प्रतिवेदन तयार गरिएको छ। यस प्रतिवेदनमा उल्लिखित स्थानको मिति २०८३ साल असोज १२ गतेसम्म सङ्कलन गरिएको तथ्याङ्कको लेखाजोखा गर्दा प्राप्त बाढी प्रभावित ५८४ जना बालबालिकाको विवरण देहाय बमोजिम रहेकोछ:-