अन्तर्राष्ट्रिय खेल दिवस ११ जुन २०२६

“खेल्न पाउनु बालबालिकाको अधिकार हो; खेलमार्फत बाल्यकालको संरक्षण र विकास गरौं, बालबालिकाको उज्ज्वल भविष्य निर्माण गरौं”

आज जुन ११ तारिख, अन्तर्राष्ट्रिय खेल दिवस (क्ष्लतभचलबतष्यलब िम्बथ या एबिथ) को अवसरमा राष्ट्रिय बाल अधिकार परिषद् सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, समुदाय, विद्यालय, स्थानीय तह तथा सरोकारवाला निकाय तथा संस्थाहरूलाई बालबालिकाको संवैधानिक र कानूनी रुपमा खेल खेल्न पाउने अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्न हार्दिक आह्वान गर्दछ ।
खेल बालबालिकाको आधारभूत अधिकार मात्र नभई उनीहरूको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिता सम्बन्धी अधिकारको प्रभावकारी कार्यान्वयनको महत्वपूर्ण माध्यम हो । खेलले बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक, सामाजिक तथा भावनात्मक विकासमा सकारात्मक योगदान पु¥याउनुका साथै उनीहरूलाई आत्मविश्वासी, सिर्जनशील, क्रियाशील र जिम्मेवार नागरिक बन्न सहयोग पु¥याउँछ । खेल खेल्न तोकिएका स्थान तथा विद्यालयमा सुरक्षित, सम्मानजनक र समावेशी खेल खेल्ने अभ्यासको वातावरणले बालबालिका विरुद्धको हिंसा, बाल यौन दुव्र्यवहार, विभेद तथा शोषणबाट बालबालिकाको संरक्षण गर्नमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि, १९८९ तथा नेपालको संविधान र बालबालिका सम्बन्धी ऐन, २०७५ ले सुनिश्चित गरेको बालबालिकाको विश्राम, मनोरञ्जन र खेलको अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न परिवार, विद्यालय, समुदाय तथा राज्यका सबै तहको साझा प्रतिबद्धता र सार्थक रुपमा कार्यान्वयनको आवश्यकता छ । यस वर्षको अन्तर्राष्ट्रिय खेल दिवसको सन्देश एचयतभअत एबिथस् एचयतभअत ऋजष्मिजययम लाई आत्मसात् गर्दै सबै सरोकारवालाहरूलाई सबै बालबालिकाका लागि सुरक्षित, समावेशी, पहुँचयोग्य, सम्मानजनक र बालमैत्री खेलको वातावरण निर्माण गर्न तथा खेलमार्फत बाल अधिकारको सम्मान र सुनिश्चित गर्न थप सक्रिय हुन परिषद् हार्दिक अनुरोध गर्दछ ।
बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी
२८ जेठ २०८३