अन्तर्राष्ट्रिय बालिका दिवस २०२६ को शुभकामना !!
सम्पूर्ण बालिकाहरुलार्इ अन्तर्राष्ट्रिय बालिका दिवस २०२६ को शुभकामना !!
अन्तर्राष्ट्रिय बालिका दिवस २०२६ को थिम बाल विवाह अन्त्य गरौं र बालिकाको अधिकारमा लगानी गरौं (End
child marriage and invest in girls' rights) रहेको छ।यसैगरी यस वर्षको राष्ट्रिय बाल दिवसको नारा
“बालापनको रक्षा: भविष्यको सुरक्षा” रहेको छ। बालिकालार्इ विभेद, हिंसा, शोषण, दुर्व्यव्यहार, शारीरिक तथा
मानसिक दण्ड सजाय, बाल विवाह, बाल श्रम, बेचविखन तथा ओसारपसार लगायतबाट संरक्षण गरी बालापनको
रक्षा गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य हो जसले गर्दा बालिकाहरुको उज्ज्वल भविष्यको बलियो आधार
निर्माण गर्दछ।
नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२
कार्यान्वयनमा ल्यार्इ प्रदेश सरकार र स्थानीय तहहरुले समेत कार्यान्वयन गरिरहेका छन् भने बाल विवाह
अन्त्यका लागि राष्ट्रिय, प्रादेशिक र स्थानीय कार्यक्रम तथा अभियान सञ्चालन गरी सन् २०३० सम्म बाल
विवाहमुक्त नेपाल बनाउने लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेका छन्। बालिकाको सर्वाङ्गीण विकास र उत्तरोत्तर
प्रगितका निम्ति यस दिवसले सरोकारवाला निकाय, संघ संस्था, विद्यालय, अभिभावक र नागरिक समाजलार्इ
थप प्रेरणा प्रदान गरोस् र बालिकाको अधिकार तथा हक हितको सम्मान तथा परिपूर्तिका साथ सम्पूर्ण
बालिकाहरुको सुरक्षा, समृद्धि, उन्नति र प्रगतिका लागि परिषद् हार्दिक शुभकामना व्यक्त गर्दछ।
११ अक्टुबर २०२६
(२५ असोज २०८३) (दुर्गा प्रसाद चालिसे)
(नेपाल सम्वत् ११४६) सदस्य-सचिव