वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व अष्टमी - ८
बालबालिका सम्बन्धी ऐन, २०७५ तथा सम्बन्धित नीतिहरू र नियमावलीअनुसार, राष्ट्रिय बाल अधिकार परिषद्का प्रमुख कार्यक्षेत्रहरू निम्नानुसार छन्:
1. नीतिगत परामर्श र सहयोग
▪ संघ, प्रदेश तथा स्थानीय सरकारलाई बाल अधिकारसम्बन्धी नीति, कानून, योजना तथा मापदण्डहरू सिफारिस गर्नु।
▪ अन्तरसरकारी तथा अन्तर मन्त्रालयीय समन्वयलाई सहज बनाउनु।
2. बाल संरक्षण र केस व्यवस्थापन
▪ जोखिममा परेका, दुर्व्यवहार, बेवास्ता, बेचबिखन वा हिंसामा परेका बालबालिकाको उद्धार, संरक्षण, पुनःस्थापना तथा पुनर्मिलन गर्नु।
▪ बाल हेल्पलाइन (१०९८), हराएका बालबालिका सेवा (१०४), तथा CPIMS को सञ्चालन।
3. संस्थागत क्षमता विकास र जनचेतना
▪ सबै तहका सरोकारवाला निकायहरूको क्षमता अभिवृद्धि।
▪ बाल अधिकार र संरक्षणसम्बन्धी तालिम, अभिमुखीकरण तथा जनचेतना कार्यक्रमहरू सञ्चालन।
4. अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन
▪ बालबालिकासम्बन्धी नीति तथा सेवाहरूको कार्यान्वयन अनुगमन।
▪ राष्ट्रिय स्थिति प्रतिवेदन प्रकाशन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायहरूलाई आवधिक प्रतिवेदन पेस गर्ने सहजीकरण।
5. बालमैत्री शासनको प्रवर्द्धन
▪ स्थानीय तहमा बालमैत्री संरचना र सेवा विकासमा सहयोग गर्नु।
▪ निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता प्रवर्द्धन गर्नु।
6. साझेदारी र समन्वय
▪ नागरिक समाज, विकास साझेदार र निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय बाल संरक्षण प्रणाली सुदृढ गर्नु।