national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा नवमी - २४

निर्वाचनमा बाल अधिकार हनन् घटना सम्बन्धी सूचना

 

निर्वाचनमा बाल अधिकार हनन् घटनाको उजूरी गर्ने तथा प्रतिवेदन पेश गर्ने सम्बन्धी सूचना !!

 

मिति २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता, २०८२ र बालबालिका सम्बन्धी ऐन, २०७५ लगायत प्रचलित नेपाल कानून बमोजिम बाल अधिकार हनन् भएमा सम्बन्धित व्यक्ति वा संस्थाले कारबाहीका लागि निर्वाचन आयोग नेपाल, काठमाडौं वा प्रत्येक जिल्लामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय वा प्रत्येक निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृतको कार्यालय वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको आयुक्तको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समिति, काठमाडौं वा प्रत्येक जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको जिल्ला निर्वाचन आचार संहिता अनुगमन समिति वा प्रत्येक जिल्लामा आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको सहायक प्रमुख जिल्ला अधिकारी समक्ष संलग्न गरिएको निवेदन फाराम ढाँचा बमोजिम उजूरी दिर्इ बालबालिकाको अधिकार तथा हक हितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्धन तथा परिपूर्ति सुनिश्चितताका लागि सहयोग गर्ने कार्य प्रयोजनका लागि सोको जानकारी यसैसाथ संलग्न गरिएको सम्बन्धित प्रतिवेदन ढाँचा बमोजिम यस परिषद् कार्यालय श्रीमहल, पुल्चोक ललितपुरमा वा यस परिषद्को र्इमेल: contact@ncrc.gov.np मा यही फागुन मसान्तसम्म पठाउनु हुन अनुरोध छ ।

 

मिति: २०८२/१०/२८ गते                                 रामबहादुर चन्द

 सूचना अधिकारी