वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व चतुर्दशी - १४
विज्ञप्ति
निर्वाचनमा बालबालिकाको अधिकार तथा हक हितको संरक्षणका लागि राजनीतिक दल तथा उम्मेदवार, बाबुआमा तथा अभिभावक, सञ्चारमाध्यम र बालबालिका स्वयमले गर्न हुने र गर्न नहुने विषयहरु सम्बन्धी जानकारी तथा अनुरोध !!
बालबालिका सम्बन्धी ऐन, २०७५, निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ लगायत प्रचलित नेपाल कानून बमोजिम वि.सं. २०८२ सालको फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको अवधिभर: निर्वाचन अधि, निर्वाचनको दिन र निर्वाचन पछि मत परिणाम घोषणा नभएसम्म बालबालिकाको अधिकार तथा हक हितको संरक्षण, सम्वर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न राष्ट्रिय मानव अधिकार आयोग र युनिसेफ नेपाल समेतको समन्वय तथा परामर्शमा तयार गरी यसैसाथ संलग्न गरिएका गर्नु हुने र गर्न नहुने कार्य तथा विषयहरु सबै राजनीतिक दल तथा उम्मेदवार, बाबुआमा तथा अभिभावक, सञ्चारमाध्यम र बालबालिका स्वयमले लागू तथा पालना गर्न राष्ट्रिय बाल अधिकार परिषद् हार्दिक अनुरोध गर्दछ ।
मिति: २०८२/११/१५ गते रामबहादुर चन्द
अधिकृत एवम् सूचना अधिकारी