NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा त्रयोदशी - २८

बाल हेल्पलाइन नम्बर १०९८ नेपाल सञ्चालन अनुमति लीई सञ्चालनमा रहेका र लिन चाहने इच्छुक संघ संस्थाले आवेदन दिने सम्बन्धी राष्ट्रिय सार्वजनिक सूचना

नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

राष्ट्रिय बाल अधिकार परिषद्को

 

 

बाल हेल्पलाइन नम्बर १०९८ नेपाल सञ्चालन अनुमति  लिर्इ सञ्चालनमा रहेका र  लिन चाहने इच्छुक संघ संस्थाले आवेदन दिने सम्बन्धी राष्ट्रिय सार्वजनिक सूचना !!

(प्रकाशन मिति २०८२/०३/०९)

बालबालिका सम्बन्धी नियमावली, २०७८ को नियम ९० बमोजिम बाल हेल्पलाइन नम्बर १०९८ नेपाल सञ्चालन कार्यविधि, २०७६ अनुकूल हुने गरी सेवा प्रदायक संस्थासँगको समन्वयमा परिषद्ले बाल हेल्पलाइन सेवा सञ्चालन गर्नु आवश्यक छ । नियमावलीको नियम ९० को उपनियम (२)  तथा कार्यविधि बमोजिम यस परिषद्सँगको समन्वयमा विशेष गरी बालबालिका विरुद्धको हिंसाबाट पीडित तथा जोखिममा रहेका बालबालिकाको आकस्मिक आपत्कालीन उद्धार गरी राहत, मनोविमर्श, परामर्श, अल्पकालीन आश्रय तथा अस्थायी संरक्षण सेवा प्रबन्ध, पारिवारिक पुनर्मिलन, सामाजिक/संस्थागत पुनःस्थापना सम्बन्धी कार्य तथा बाल हेल्पलाइन सेवाहरू विगतदेखि सञ्चालन गरिरहेका संस्थाले कार्यविधिको दफा १३ बमोजिमको मापदण्ड पालना गरेको सुनिश्चितता गरी निरन्तरताका लागि र मापदण्ड अनुरुप नयाँ सञ्चालन गर्न चाहने इच्छुक सामाजिक तथा गैरसरकारी संस्थाले कार्यविधिकै दफा १४ को उपदफा (२) बमोजिम सम्बन्धित स्थानीय तह र प्रदेश सामाजिक विकास मन्त्रालय तथा बालबालिकाको विषय हेर्ने प्रदेश मन्त्रालयको सिफारिस सहित तोकिएका कागजातहरू संलग्न गरी तोकिएकै ढाँचामा यहीं मिति २०८२ सालको असार मसान्तभित्र परिषद् कार्यालय श्रीमहल, ललितपुरमा आइपुग्ने गरी निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

 

उल्लिखित नियमावली, कार्यविधि तथा मापदण्ड बमोजिम बाल हेल्पलाइन सेवा सञ्चालन गर्ने क्षमता र मापदण्ड भएका पुराना तथा नयाँ संस्थालार्इ सञ्चालन अनुमति प्रदान गरेर सेवालार्इ विस्तार तथा सुदृढ गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ देखि समन्वयात्मक सम्झौता गरी कार्यक्रम सञ्चालन गरिनेछ ।यस सूचना बमोजिम बाल हेल्पलाइन सेवा सञ्चालन गर्न अनुमति लिन चाहने संस्थाले यस परिषद्को वेवसाइट www.ncrc.gov.np  इ-पोर्टल www.childrights.gov.np मा राखिएको आवेदन फारामको ढाँचा डाउनलोड गरी सञ्चालन गर्न चाहेको जिल्ला र ठाउँ तोकी निवेदन दिनु पर्नेछ । थप जानकारीको लागि वेवसाइट www.ncrc.gov.np मा हेर्न र फोन नं. ०१-५४५०१२१ मा सम्पर्क गर्न सकिनेछ ।

          सदस्य-सचिव