national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा त्रयोदशी - २८

बाल हेल्पलाइन सेवा (नि:शुल्क फोन नम्बर 1098(दश,नौ,आठ))

बालबालिका सम्बन्धी नियमावली, २०७८ को नियम ९० बमोजिम बालबालिका विरुद्धको हिंसाबाट पीडित तथा प्रभावित र जोखिममा परेका बालबालिकाको तत्काल उद्धार, संरक्षण, राहत, मनोविमर्श र सहायताका लागि राष्ट्रिय बाल अधिकार परिषद्ले गैरसरकारी संस्थाको समन्वयमा बाल हेल्पलाइन सेवा (नि:शुल्क फोन नं. १०९८(दश,नौं,आठ)) देशका सत्र स्थान/जिल्लाहरु(संखुवासभा, इलाम, सुनसरी, मोरङ, उदयपुर, धनुषा, बारा, मकवानपुर, काठमाडौं, कास्की, बाँके, सुर्खेत, दैलेख, कालिकोट, कैलाली, बाजुरा र रुपन्देही)मा परिषदबाट सञ्चालन अनुमति प्राप्त गरेका विभिन्न दशवटा गैरसरकारी संस्थाहरुको समन्वय तथा सहकार्यमा सेवा सञ्चालन गरिएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदा (२) मा उल्लिखित बालबालिका विरुद्धको हिंसा तथा जोखिममा परेका बालबालिकाको तत्काल आकस्मिक उद्धार गरी राहत, संरक्षण तथा सहायता लगायतका सेवा व्यवस्थापनका लागि जो कोहीले नि:शुल्क फोन नं. १०९८(दश,नौं,आठ) मा फोन गरी बाल हेल्पलाइन सेवा प्राप्त गर्न सकिन्छ ।