नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

राष्ट्रिय बाल अधिकार परिषद्

श्रीमहल, पुल्चोक, ललितपुर

सङ्क्षिप्त परिचय

सङ्क्षिप्त परिचय

सङ्घीय सरकारले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५९ ले व्यवस्था गरे अनुरुप बाल अधिकारको संरक्षण र संवद्र्धनका कार्यहरू गर्न गराउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्रीको अध्यक्षतामा राष्ट्रिय बालअधिकार परिषद् गठन गरेको छ । यस परिषद्ले तीनै तहका सरकारहरूलाई नीतिगत परामर्श, क्षमता विकासका कार्यक्रमहरू तथा बाल संरक्षण संयन्त्र (बाल हेल्पलाइन सेवा १०९८ र बालबालिका खोजतलास सेवा १०४) को सञ्चालन गर्ने कार्य गर्दछ । यसै गरी बाल हिंसा दुव्र्यवाहार एवं जोखिम अवस्थामा परेका बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापन गर्ने कार्य गर्दछ । बाल अधिकारको संरक्षण र संवद्र्धनका लागि प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय, सहकार्य गर्नुका साथै सङ्घीय तहमा अन्तर मन्त्रालय समन्वयका कार्यहरू गर्ने जिम्मेवारी यसै परिषद्को रहेको छ ।