११ चैत २०८१, मङ्गलवार
Site Logo

नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

राष्ट्रिय बाल अधिकार परिषद्

श्रीमहल, पुल्चोक, ललितपुर

बालबालिकाको पहिचानको अधिकार तथा जन्मदर्ता सम्बन्धी विषयमा अध्ययनका लागि आशयपत्र आह्वान गरिएको सम्बन्धी सूचना

कार्य क्षेत्र

बालबालिकाको अधिकार तथा हक हितको संरक्षण र सम्वर्द्धन गर्ने प्रमुख उद्देश्यका साथ गठित राष्ट्रिय बाल अधिकार परिषद्को प्रमुख कार्यक्षेत्र देहाय बमोजिम रहेको छः-

क. नीतिगत परामर्शः- राष्ट्रिय बाल अधिकार परिषद्ले बालमैत्री वातावरण विकास गर्नका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग पैरवी गर्नुको साथै बालमैत्री कानून, नीति, योजना, कार्यक्रमजस्ता विषयमा कार्यान्वयन अभिबृद्धि गर्न थप प्रयास गर्नुपर्नेछ।

ख. क्षमता विकासः- नयाँ संरचनालगायत अन्य सरोकारवाला निकायको क्षमता विकास गरी बालबालिकाको विषयमा अझबढी नतिजामूलक कार्य गर्न आवश्यक छ।

ग. राष्ट्रिय बाल संरक्षण प्रणालीको सञ्चालन, व्यवस्थापन, सवलीकरण र विस्तारः- बाल हेल्पलाइन सेवा, अनाथ सहायता, सडक बालबालिकाको उद्दार र संरक्षणलगायतका कार्यमा परिषद्ले नेतृत्वदायी भूमिका निर्वाह गर्ने।

घ. प्रवर्धनात्मक कार्यहरुः- बाल अधिकारबारे चेतना जागरणका कार्यहरू, बालमैत्री शासन, बाल संरक्षण मापदण्ड, बाल सहभागिता मापदण्ड प्रवर्धन गर्ने।

ङ. समन्वयका कार्यहरुः- बाल अधिकारको सम्वर्धनका लागि नागरिक, अन्तर्राष्ट्रिय संस्था तथा बाल अधिकार परियोजनाहरूसँग समन्वय गर्ने।