सङ्घीय सरकारले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५९ ले व्यवस्था गरे अनुरुप बाल अधिकारको संरक्षण र संवद्र्धनका कार्यहरू गर्न गराउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्रीको अध्यक्षतामा राष्ट्रिय बालअधिकार परिषद् गठन गरेको छ । यस परिषद्ले तीनै तहका सरकारहरूलाई नीतिगत परामर्श, क्षमता विकासका कार्यक्रमहरू तथा बाल संरक्षण संयन्त्र (बाल हेल्पलाइन सेवा १०९८ र बालबालिका खोजतलास सेवा १०४) को सञ्चालन गर्ने कार्य गर्दछ । यसै गरी बाल हिंसा दुव्र्यवाहार एवं जोखिम अवस्थामा परेका बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापन गर्ने कार्य गर्दछ । बाल अधिकारको संरक्षण र संवद्र्धनका लागि प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय, सहकार्य गर्नुका साथै सङ्घीय तहमा अन्तर मन्त्रालय समन्वयका कार्यहरू गर्ने जिम्मेवारी यसै परिषद्को रहेको छ ।