प्रेस विज्ञप्ति (२०७४/११/१६)
Print
Download

Posted 1 year ago

बालबालिका विनाको संसार कल्पना गर्न सकिदैन । बालबालिकालाई संरक्षण गर्नु सबैको दायित्व हो । जस्तोसुकै कठिन परिस्थिति र युद्धको अवस्थामा समेत बालबालिकाको संरक्षणलाई पहिलो प्राथमिकता दिनु पर्दछ । तर विश्वमा भएका कतिपय घटनाहरुमा निर्दोष बालबालिकाले ज्यान गुमाउनु परेको दुखद् अवस्थाले सबैलाई चिन्तित् बनाएको छ । यिनै घटनाहरुको श्रृखलामा हालै सिरीयामा भएको घटनाबाट सयौं बालबालिकाले ज्यान गुमाउनु परेको र बालबालिकाहरु अत्यन्त जोखिम परिस्थितिमा रहन परेको घटनाले हामीलाई स्तब्ध पारेको छ ।